यस्तो बजेट बनाउने बुद्धि कसले दियो : राजेन्द्र लिङ्देन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताए ।

लिङदेनको भनाइ जस्ताको तस्तै

बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । तर, अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो । तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी । बजेटमा पहुँज पुग्ने सत्तापक्षका सांसदहरूको सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीच पनि विभाजन देखियो । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन । मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। परेन भनेर भन्नुको अर्थ छैन । तर, बजेट बनाउँदा जुन प्रवृत्ति हाबी भएको छ जस्तो हामीले भ्रष्टाचारको विरोध गर्दा, काम भएन, पहिलेको भन्दा भ्रष्टाचार कम भयो भन्दा अहिले धेरै किलोमिटर बाटो बन्यो भनिराख्नुभएको छ । के त्यसो भए हामी पछाडि फर्किने । अहिले जुन प्रवृत्तिको विकास भएको छ त्यसले तपाईंहरूले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ ।

केन्द्रबाट बाटोको लागि छुट्याइएको रकम एकलाख दुई भएपनि हुने । यसले कस्तो संघीयता ल्याइरहेको छ बनाइरहेको छ ? यही हो तपाईंहरूले ल्याएको संघीयता ? २० किलोमिटर बाटोका लागि ७० लाख ५ लाख २ लाखपनि छुट्याउनुभएको छ । यस्तो बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ?

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...