एमालेमा १ लाख २० हजार नयाँ सदस्यको आवेदन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको क्रममा १ लाख १९ हजार ९६ जनाले पार्टी सदस्यताका लागि आवेदन दिएका छन । गत माघ २५ गते बसेको एमाले सचिवालय बैठकले सात वटा उदेश्यसहित दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गर्नेनिर्णय गरेको थियो । मिसनको महत्वपूर्ण उद्देश्यका रुपमा रहेको पार्टी सदस्यता नवीकरण, मृत्यु भएका, दोहोरिएका, निष्क्रिय अवस्थामा रहेका या पार्टी परित्याग गरेका व्यक्तिहरुको नाम विवरणबाट हटाएर अभिलेख सच्याउने तथा नयाँ सदस्यता आवेदन लिनेक्रम अभियानकै रुपमा अगाडि बढेको छ । यसक्रममा ४० प्रतिशत हाराहारीमा सदस्यता नवीकरण भइसकेको र आगामी असारसम्म अन्तिम विवरण तयार हुँदा यो संख्या थप बृद्धि हुने अपेक्षा गरिएको छ । अभियानका क्रममा १,१९,०९६ जनाको पार्टी सदस्यताका लागि आवेदन प्राप्त भएको छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा भनिएको छ । अभियानका क्रममा पार्टीका सबै प्रदेश, जिल्ला, पालिकामा बैठक भएको तथा वडा र टोलका बैठकहरु पनि आमरुपमा सम्पन्न भएका एमालेले जनाएको छ । बैठकबाट अभियानलाई अगाडि बढाउन सहयोग पुग्नुका साथै कमिटीहरुको समग्र अवस्था र सदस्यहरुको भूमिकाको मूल्यांकन गर्न सहज भएको निश्कर्ष पनि अपानिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...