भ्रष्टाचारी र पशुपतिनाथको ढुकुटी फोर्नेलाई मन्त्रीले संरक्षण गरे : प्रेम आले



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका छन् । आलेले किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्यटनमन्त्रीले विचौलिया पोसेको आलेको टिप्पणी थियो । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको उनले दाबी गरेका छन् । गोठाटार जग्गाको सत्य तथ्य रिपोर्ट ल्याउनेलाई हटाउने प्रयास भइरहेको आलेको जिकिर छ ।

उनले भने, ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झूटो बोले । संसदमा स्पष्ट जानकारी गराइयोस् ।’ कर्मचारी सञ्चयकोष तथा नागरिक लगानीकर्ताको ऋण नतिरेर तीनवटा जहाज किन्ने कुरामा सत्यता नभएको बताए । उनले सके थक्किएर बसेको जहाजको व्यवस्थापन गर्न चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...