भ्रष्टाचारी र पशुपतिनाथको ढुकुटी फोर्नेलाई मन्त्रीले संरक्षण गरे : प्रेम आले



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका छन् । आलेले किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्यटनमन्त्रीले विचौलिया पोसेको आलेको टिप्पणी थियो । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको उनले दाबी गरेका छन् । गोठाटार जग्गाको सत्य तथ्य रिपोर्ट ल्याउनेलाई हटाउने प्रयास भइरहेको आलेको जिकिर छ ।

उनले भने, ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झूटो बोले । संसदमा स्पष्ट जानकारी गराइयोस् ।’ कर्मचारी सञ्चयकोष तथा नागरिक लगानीकर्ताको ऋण नतिरेर तीनवटा जहाज किन्ने कुरामा सत्यता नभएको बताए । उनले सके थक्किएर बसेको जहाजको व्यवस्थापन गर्न चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...