भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्ता भ्रष्टाचारको नांगो रूप देखिन थालेको भन्दै यसविरूद्ध लाग्नुपर्ने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पैसा नदिई (घूस नखुवाइ) कामै नहुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘भ्रष्टाचारी, शोषक, पुँजीवादी, दलाल हाबी हुने स्थिति बनेको छ । बिना पैसा काम नै हुँदैन । मिटरब्याजपीडितहरूको क्रन्दन छ, यी सबैविरूद्ध लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘भ्रष्टाचारकाविरूद्ध पत्रकारहरूको कलम अझै सशक्त हुनुपर्ने भएको छ । उनले प्रतिगामीहरू सलबलाउन थालेको भन्दै चनाखो बन्न आग्रह पनि गरे । संविधानको प्रावधानलाई परिपालना गर्दामात्रै प्रगतिवादी हुने बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...