प्रदेश सभाको दुई तिहाइले कोशीको नाम फेर्नुस्, हामीलाई स्वीकार्य छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले प्रदेश सभाको दुई तिहाइ सदस्यबाट कोशीको नाम फेर्न चुनौती दिएको छ। शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद योगेश भट्टराईले प्रदेश सभाले नाम तय गर्ने तर निशानामा एमाले भएको बताएका हुन् । प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो । नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो । गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन् । तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ । एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ । केही गर्दैन । उनले प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताए । उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाए ।

‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको हो? यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु,’ उनले भने । उनले विराटनगरमा एकजना प्रदर्शनकारीको मृत्यु भएको बताउँदै उनको मृत्यु कसरी भयो भनेर सरकारले जवाफ दिनुपर्ने बताए । उनको आन्दोलनकारीकै लाठीबाट मृत्यु भएको कुरा बाहिर आएको बताउँदै यथार्थ सरकारले बताउनुपर्ने भट्टराईको भनाइ थियो । एमाले सचिवसमेत रहेका भट्टराईले जातिजाति, धामिर्क र सम्प्रदायका नाममा राजनीति नगर्न पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...