प्रदेश सभाको दुई तिहाइले कोशीको नाम फेर्नुस्, हामीलाई स्वीकार्य छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले प्रदेश सभाको दुई तिहाइ सदस्यबाट कोशीको नाम फेर्न चुनौती दिएको छ। शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद योगेश भट्टराईले प्रदेश सभाले नाम तय गर्ने तर निशानामा एमाले भएको बताएका हुन् । प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो । नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो । गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन् । तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ । एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ । केही गर्दैन । उनले प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताए । उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाए ।

‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको हो? यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु,’ उनले भने । उनले विराटनगरमा एकजना प्रदर्शनकारीको मृत्यु भएको बताउँदै उनको मृत्यु कसरी भयो भनेर सरकारले जवाफ दिनुपर्ने बताए । उनको आन्दोलनकारीकै लाठीबाट मृत्यु भएको कुरा बाहिर आएको बताउँदै यथार्थ सरकारले बताउनुपर्ने भट्टराईको भनाइ थियो । एमाले सचिवसमेत रहेका भट्टराईले जातिजाति, धामिर्क र सम्प्रदायका नाममा राजनीति नगर्न पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...