एमालेले तोक्यो २३ जनसंगठनका इञ्चार्ज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सवै जनसंगठनमा सहइञ्चार्जको ब्यवस्था हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गर्दै जनसंगठनमा इञ्चार्ज मात्रै रहने ब्यवस्था गरेको हो । बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनअनुसार २३ वटा जनसंगठनमा २३ जना नेतालाई इञ्चार्जको जिममेवारी तोकिएको छ । यसअघि सहइञ्चार्ज हुने ब्यवस्था हटाइएको छ ।

जसअनुसार प्रचार फाँटको इञ्चार्ज स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई तोकिएको छ । गौतमले प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ । यस्तै युवा फाँट इञ्चार्ज महेश बस्नेत, खेलकुद महासंघको इञ्चार्ज कर्णबहादुर थापाले पाउनु भएको छ । जनसंगठन समन्वय संयन्त्रको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी तोकिएको छ । संयन्त्रका सहसंयोजकको ब्यवस्था हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...