एमालेले हटायो ७० बर्षे उमेर हद



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले ७० बर्षे उमेर हदको प्रावधान हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले बिधानमा रहेको ७० बर्षे उमेर हदको प्रावधानलाई निलम्बन गर्ने बिशेष निर्णय गरेको हो । बैठकपछि केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘पार्टी बिधानमा रहेको केन्द्रीय कमिटीको ७० बर्षको उमेर हद हाललाई निलम्बन गर्ने ।’

 

यस्तै प्रदेश अध्यक्षको पदीय हैसियत बढुवा गरेको छ । अपानिका अनुसार अव हुने प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेशका अध्यक्षहरु पदेन पोलिटब्यूरो सदस्य सरह हुने छन । कार्यविभाजनको आधारमा प्रस्ताव गरेबमोजिम प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्षहरु पदेन पोलिटब्युरो सदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रुपमा बैठकमा सहभागी गराइने छ, अपानिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...