एमालेले हटायो ७० बर्षे उमेर हद



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले ७० बर्षे उमेर हदको प्रावधान हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले बिधानमा रहेको ७० बर्षे उमेर हदको प्रावधानलाई निलम्बन गर्ने बिशेष निर्णय गरेको हो । बैठकपछि केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘पार्टी बिधानमा रहेको केन्द्रीय कमिटीको ७० बर्षको उमेर हद हाललाई निलम्बन गर्ने ।’

 

यस्तै प्रदेश अध्यक्षको पदीय हैसियत बढुवा गरेको छ । अपानिका अनुसार अव हुने प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेशका अध्यक्षहरु पदेन पोलिटब्यूरो सदस्य सरह हुने छन । कार्यविभाजनको आधारमा प्रस्ताव गरेबमोजिम प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्षहरु पदेन पोलिटब्युरो सदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रुपमा बैठकमा सहभागी गराइने छ, अपानिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...