बिचौलियाको इन्ट्रेस्टमा बजेट बन्नु ठूलो दुर्भाग्यपूर्ण- पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद पदम गिरीले जनताको रगत र पसीनाले जम्मा भएको करमा लुट मच्चाउने काम भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको सुरूमै बोल्दै गिरीले अघिल्लो पटक बिचौलियामार्फत करका दर हेरफेर भएकामा यो पटक पनि मध्यरातमा बिचौलियाहरूलाई अर्थमन्त्रालयका लगेर करका दर हेरफेर गर्ने काम भएको बताए । यो विषयमा अर्थमन्त्रीले संसदमा स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै उनले बिचौलियका इन्ट्रेस्टमा बजेट बन्ने काम भएको हुन्छ भन्ने हामीले सुन्नुपर्दा यो भन्दा ठूलो दुर्भाग्यपूर्ण के हुन्छ ? भन्दै प्रश्न गरे ।

‘जनताको रगत र पसीनाले जम्मा भएको करमा लुट मच्चाउने काम हुन्छ । त्यसले जनतामा निराशा पैदा गराउने काम गरेको छ । अहिले पनि बजेट भाषणको अघिल्लो दिन मध्यरातमा बिचौलियाहरू लाने काम भएको छ । बिचौलिया राखेर करका दर तलमाथि गर्ने काम भएको छ भन्ने आएको छ । अर्थमन्त्रीले बजेट भाषण गर्ने क्रममा उहाँले ल्याएको ब्रिफकेसमा रातो रिबनले बाँधिएको हुन्छ । यसको अर्थ पनि होला नि रु जहाँ बजेट बनिरहेको हुन्छ त्यहाँ रिबन बाँधेर के गर्ने ? त्यहाँभित्र बिचौलिया बसेका हुन्छन् । बिचौलियका इन्ट्रेस्टमा बजेट बन्ने काम भएको हुन्छ भन्ने हामीले सुन्नुपर्दा यो भन्दा ठूलो दुर्भाग्यपूर्ण के हुन्छ ?,’ गिरीले भने ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...