इन्दोरमा बाजागाजासहित अभूतपूर्व स्वागत भयो : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

भारतले नेपालका प्रधानमन्त्रीलाई गतिलो स्वागत नदिएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहँदा आज संसदमा पनि यो विषय उठ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘कार्यालय सहयोगी’ को जस्तो व्यवहार गरिएको बताए । शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा आफूलाई स्वागत र सम्मानमा कमि नगरिएको दाकी गरेका छन् । उनले आफ्नो स्वागतमा राज्यमन्त्री मात्रै विमानस्थलमा आउनु त्यहाँको सामान्य अभ्यास भएको बताए । दिल्लीमा विगतका प्रधानमन्त्रीहरुले जस्तै स्वागत पाएको तर इन्दोर र उज्जैनमा अभूतपूर्व स्वागत पाएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालको भनाइ जस्ताको तस्तै

कतिपय माननीय सदस्यले कस्तो हेपेको नि भारतले भन्नुभयो । मलाई त्यस्तो लाग्दैन । पूर्वप्रधानमन्त्रीहरु धेरैजसो जाँदा राज्यमन्त्री नै आएका छन् एयरपोर्टमा । अझ कतिपय जाँदा त सचिव र सहसचिव आएर पनि लगेका छन्, हेक्का रहोस । खास खास क्षणमा मात्रै विदेशमन्त्री र प्रधानमन्त्री नै आउने हुँदो रहेछ । नत्र राज्यमन्त्री नै हो । प्रचण्डलार्ई भएर राज्यमन्त्री पठाएको होइन ।

दिल्लीमा जुनसुकै प्रधानमन्त्री जस्तै थियो स्वागत, सम्मान र प्रचारप्रसार । इन्दोरमा अलि विशिष्ट थियो । तर इन्दोरमा नेपाली र भारतीय ठूलो संख्यामा जुटेर दुवैतिरका झण्डा हल्लाउँदै, नाच नाच्दै, बाजा बजाउँदै विशिष्ट स्वागत थियो एयरपोर्टमा । इन्दोरबाट उज्जेनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान… सबै… नेपाली हिन्दी… थियो । हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखयो भने । पुरै टिमका सबैजना उत्साहीत भएर आएको स्थिति हो । धेरै पो राम्रो गरे त भन्ने भावसहित आएका छौं । अपमानित महसुस गरेनौं । चिन्ता लिनुपर्ने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...