प्रधानमन्त्रीको भूमि साटफेरको अभिव्यक्ति राष्ट्रघाती छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बङ्गलादेश जाने सिधा बाटो लिन सकिने अभिव्यक्ति दिएपछि उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ,‘नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा वंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात हो । बंगलादेश जानेबाटो नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रले पाउनै पर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोच हो । यसप्रति सिंगो संसद् र माननीयज्यूहरूको ध्यान गम्भीर रूपमा जानु पर्दछ ।’

प्रधानमन्त्रीले औपचारिक भ्रमणलाई पारिवारिक निजी भ्रमणजस्तो बनाएको आरोप लगाउनुभयो । भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रित गर्न पूर्णतः असफल रहेको उहाँको बुझाइ छ । ‘सीमा समस्याको समाधान, भारतीय वाँधका कारणले बर्खामा हुने गरेको तराई क्षेत्रको डुबानको समस्याको समाधान,पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररुटको प्राप्ति र नेपाल भारत असमान सन्धि सम्झौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...