पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता



हाम्रो इकोनोमि

 

 

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।  दुई देशबीच क्रसओभर पाइलाइन अम्लेखगञ्ज, चितवन, सिलगुडी झापा, टर्मिनलहरूको निर्माण सम्बन्धी सम्झौता भएको हो ।   नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका तर्फबाट पेट्रोल, प्राकृतिक ग्यास र शहरी क्षेत्रका हाउजिङ मामिला मन्त्री हर्दिप सिंह पुरीबीच सम्झौता पत्र आदान प्रदान भएको हो ।  सो सम्झौतापछि अब चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुनेछ ।  त्यहाँ एक लाख बढी किलोलिटर क्षमताको ग्रीन फिल्ड टर्मिनल (डिपो) बनाइने छ ।  हाल मोतिहारी–अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन छ । त्यहाँबाट चितवनको लोथर (६९ किलोमिटर) सम्म लैजान लागिएको ह ।

यसका लागि सरकारले पहिलेदेखि अध्ययन गर्दै आएको थियो । चितवनमा नेपाल आयाल निगमको आफ्नै जग्गामा डिपो बनाइने छ ।   त्यस्तै, शिलगुडी–झापा पेट्रोलियम पाइपलाइन पनि बन्ने भएको छ । इंडियन आयाल कर्पोरेसनको सिलगुडीमा डिपो छ। सोही ठाउँबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने हो ।  नेपाल आयाल निगमको आफ्नै जग्गामा ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम बनाइने छ ।  पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य सरकारको नीति तथा कार्यान्वयनमा समेटिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...