पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका छन् । छापाखाना तथा  सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वप्रति कार्यकर्ता स्तरबाटै असन्तुष्टि आएको बताए । उनले भने, ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ । म पानी पार्टीको नेतृत्वभित्र पर्छु । नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ । काम गर्न नसकिरहेको अवस्था पनि छ । त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ । त्यसमा उहाँ तयार हुनुहुन्छ ? उनले कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने बताए ।

उनले थपे, ‘पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठिक भएन भन्नुभयो भने नगर्ने । अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाड्दिहाल्ने। जहाँ समस्या भएको छ त्यहीबाट समाधान नखोजे पार्टी बन्दैन ।’ चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको बताए । उनले आगामी निर्वाचनमा सबै दलहरू एकै ठाउँमा उभिएपनि कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...