राष्ट्रपतिले संबिधान उलंघन गर्नुभयो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले संबिघानको उलंघन गरेको बताउनु भएको छ । अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको बिवादास्पद नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संबिधानको घोर उलंघन गर्नुभएको भट्टराईले बताउनु भएको हो ।

‘अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संबिधानको घोर उलंघन गर्नु भएको छ । यो काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो,’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘संबिधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संबिधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय हो । प्रमाणीकरण सम्बन्धि बिज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी बिधेयक प्रमाणीकरणको बिषय संबिधानको को धारा ११३ अनुसार मात्र हुनसक्छ ।’

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन मृत बिद्येयक प्रमाणिकरणले गम्भीर आशंका जन्माएको पनि बताउनु भएको छ । ‘नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ?,’ भट्टराईले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...