समग्र बजेटको आकार घट्यो, कुन मन्त्रालयलाई कति ?



 

 

समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयमा पनि घटाइएको छ । केहीमा भने बढाइएको छ । सरकारले शहरी विकास मन्त्रालयमा चालू आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढी बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटेको छ । चालु वर्ष यो मन्त्रालयले १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो । चालू आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सञ्चार मन्त्रालयको बजेट सामान्य बढाइएको छ ।

१. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : ११ अर्ब ९६ करोड रुपैयाँ

२. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय : १ खर्ब ९७ अर्ब रुपैयाँ

३. खानेपानी तथा सरसफाइ मन्त्रालय : २८ अर्ब १६ करोड

४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ : ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन

५. कृषि तथा पशुपक्षी विकास मन्त्रालय : ५८ अर्ब ९८ करोड रुपैयाँ

६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : ९ अर्ब ४६ अर्ब रुपैयाँ

८. भूमि व्यवस्था मन्त्रालय : ७ अर्ब २४ करोड रुपैयाँ

९. वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ५६ करोड रुपैयाँ

१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ

११. शहरी विकास मन्त्रालय : ६६ अर्ब १७ करोड रुपैयाँ

१२. ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय : ८७ अर्ब ४५ करोड रुपैयाँ

१३. सूचना सञ्चार तथा प्रविधि मन्त्रालय : ८ अर्ब ७१ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस
प्रचण्ड, ओली र रविबीच बालुवाटारमा वार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

  कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

माइडिया ब्रान्डका फ्यानले गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको