पार्टीको उपचारमा लाग्दा महामन्त्री पद गए जाओस : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे । उनले भने, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भन्दै उनले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गरे । उनले भने, ‘एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसका नेताले संसदभन्दा बाहिर बसेर संसदमा त्यो नेताले बोलेको कुरा हटाइदिने भन्यो भने अब मैले सांसदको रुपमा बोल्ने कि नबोल्ने ? मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए ।’ उनले अब पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरे । महामन्त्री थापाले भने, ‘नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्छ । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ । मेरो महामन्त्री पद गए पनि जाओस्, म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...