प्रधानमन्त्रीको भारत भ्रमण, राष्ट्रहितमा उभिँदा हाम्रो साथ छ : एमाले



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा नेकपा एमालेले ईपीजीको प्रतिवेदन बुझ्न र सीमा समस्या समाधान गर्न पहल गर्न सुझाव दिएको छ । सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलमा एमालेले नेपालको राष्ट्रियहितमा दृढताको साथ उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्णसमर्थन रहने बताएका पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा हामी एकैठाउँमा उभिनुपर्छ । भारत भ्रमणको क्रममा २०१६ मा आवश्यक सुझाव दिन भनेर बनाइएको रिपोर्ट तयार भएको छ । तर, भारतकै कारणले सम्भव हुन सकेको छैन । त्यसैले ईपीजी प्रतिवेदन बुझ्न विशेष जोड दिनुपर्छ । त्यो कार्यान्वयन हुँदा मात्रै दुई देशको सम्बन्ध सुदृढ हुन्छ ।’ उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्ने तथ्यको आधारमा प्रष्ट भएको प्रष्ट्याएको बताए । ज्ञवालीले भने, ‘त्यो भूभाग नेपालले प्रयोग गर्नेगरी टुंग्याउनुपर्छ । दुई देशका सचिवहरूका संयन्त्रण टुंग्याउने भन्ने समझदारी छ । त्यो कार्यान्वयन हुनुपर्छ ।’

त्यसबाहेक नेपाल भारत व्यापारको बारेमा पनि सहमति गर्ने सुझाव दिएको बताए । वाणिज्य सन्धिको पूर्नरावलोकन र नेपालका वस्तुहरु निर्वाध निर्यातमा पहल गर्न आग्रह गरे । उनले भने, ‘पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ । पानीको बाँडफाँट टुंगिएको छैन । महाकाली सीमा नदी हो त्यसमा नेपालको आधा पानीमा हक लाग्छ । त्यसलाई सुनिश्चित गर्नुपर्छ ।’ अरु केही ऊर्जाको भारतले होल्डमा राखेको परियोजना अगाडि बढाउन पनि भ्रमणको क्रममा प्रधानमन्त्रीले पहल गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...