चुरे भारतलाई बेच्ने प्रचण्ड सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले कानुन बनाएर नीतिगत रूपमै नेपालको चुरे भारतलाई बेच्न तयारी थालेको तथ्य बाहिर आएको छ । सरकारले ऐन बनाएर चुरे भारतलाई सुम्पने तयारी गरेको तथ्य सम्बन्धित क्षेत्रका बिज्ञहरुले बाहिर ल्याएका हुन । सरकारको नीति तथा कार्यक्रमको ४२ र ६१ नम्बर बुँदामा नदीजन्य ढुंगा, गिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने उल्लेख छ । सरकारले नीति तथा कार्यक्रममा यी दुई बुँदा चुरे भारतलाई बिक्री गर्ने प्रमुख उद्देश्यका रूपमा राखेको चुरेका जानकारहरुले अथ्र्याएका छन ।  चुरेका बिज्ञ डा. विजय सिंहका अनुसार उल्लिखित दुई बुँदाको उद्देश्य नेपालको चुरे भारतलाई बेच्न सहज वातावरण बनाउनु हो ।

सिंहले सरकारले ऐन ल्याएरै चुरे भारतलाई बेच्ने खतरा बढेको बताउनु भएको छ । ‘नेपालको ढुंगाबालुवा भारतलाई बिक्री गर्ने गलत निर्णय सरकारले गर्दैछ,’ सिंहले भन्नुभयो, ‘यसरी बेचिने भनेको चुरे नै हो, चुरेलाई ऐन बनाएर बिक्री गर्ने दाउमा सरकार छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...