भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । उनीहरूलाई दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि परामर्श गर्दैछन्। परामर्श दिउँसो साढे तीन बजेका लागि तय भएको छ । प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो । शनिबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । यस भ्रणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहलगायतका विषयमा समझदारी गर्ने तयारी रहेको बताइएको छ । यद्यपि भ्रमणको एजेन्डा र टोली सदस्यको टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ । यसबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...