सर्वसाधारणलाई अर्थमन्त्रालयको ढोका बन्द



हाम्रो इकोनोमि

 

 

बजेट निर्माणको चटारोका बीच अर्थमन्त्रालयभित्र सर्वसाधारण प्रवेशमा बन्देज गरिएको छ । अर्थमन्त्रीको सचिवालयका एक कर्मचारीले सोमबारबाटै कर्मचारीबाहेकलाई छिर्न बन्देज लगाइएको जानकारी दिएका छन् । ती कर्मचारी भन्छन, आइतबारसम्म फाट्टफुट्ट सर्वसाधारण छिरेका थिए । अब भने छिर्न पाउँदैनन् ।’अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्मा बजेटको गोपनीयता कायम राख्न सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा रोक लगाइएको बताउँछन् । अहिले राजस्वका विषयमा छलफल भइरहेको छ । यसको संवेदनशीलताका कारण केही दिनलाई रोकिएको हो ।’

अर्थमन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट लेखन कार्य अन्तिम चरणमा पुर्‍याएको छ । बजेट लेखनको अन्तिम साता करका विषयमा छलफल हुने भएकाले कडाइ गरिएको हो । यद्यपि, करका दरमा भने अंकको विकल्प राखिएर छलफल हुने भएकाले यो वा त्यो कुन दर हुन्छ भन्ने छलफलमा सहभागीलाई नै थाहा नहुने पूर्वसचिव रामेश्वर खनाल बताउँछन् ।करका दरका विषयमा भने बजेट सार्वजनिक हुने दिन बिहान तीन/चार बजेसम्म मात्र टुंगो लाग्ने मन्त्रालयका एक अधिकारी बताउँछन् ।

गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट स्वार्थ समूहको चलखेल र असम्बन्धित व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको विषयले विवादित बनेको थियो । यस पटक त्यस्तो घटना नदोहोरियोस् भनेर सर्वसाधारणलाई जेठ १५ सम्म मन्त्रालय प्रवेशमा कडाइ गरिएको बजेट लेखन टीमका एक सदस्य बताउँछन् । यो पटक अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको दबाब र प्रभावमा नपरी बजेट निर्माण गर्ने दाबी गर्दै आएका छन् । आगामी आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको आकारभित्र रहेर बजेट निर्माण गर्न माग भने निकै बढी देखिएको छ । चालू खर्च कटौतीमा अर्थमन्त्री निर्मम हुनसक्ने सम्भावना न्यून देखिएको मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...