भुटानी शरणार्थी प्रकरण संसदीय समिति बनाएर छानबिन गर्न रास्वपाको माग



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उसको माग छ ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

दिनदहाडै बालुवाटार, सिंहदरबार र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...