बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपतिसमक्ष व्रिफिङ गरिने



 

 

आगामी आर्थिक वर्ष (२०८०/८१) बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । अर्थमन्त्रालयले जेठ ६ गते नै राष्ट्रपतिसमक्ष व्रिफिङको लागि मस्यौदा तयार गर्ने कार्यतालिका बनाएको थियो । सोहीअनुसार मस्यौदा तयार भएको अर्थ मन्त्रालयले जनाएको छ । योसँगै भोलि (बुधबार) अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष मस्यौदा व्रिफिङ गर्नेछन् ।

कार्यतालिका अनुसार बुधबार नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमानसहित) अन्तिम रूप दिइनेछ । सोहीदिन व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अंक रूजुसहित अन्तिम मस्यौदा तयार हुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा राष्ट्रपतिको समयअनुसार अर्थमन्त्रीले नै भेट्ने कार्यक्रम तय गर्ने भएकाले भेट्ने समय यताउता पनि हुन सक्ने बताउँछन् । अर्थमा सहसचिव भुपाल बराल संयोजकत्वको ६ जनाको टीम बजेट लेखनमा परिचालित छ ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । सरकारले आगामी बजेटको सिद्धान्त तथा प्राथमिकतासमेत सार्वजनिक गरिसकेको छ भने सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदमा पेश गरिसकेका छन् । आगामी १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदको दुबै सदनमा बजेट पेश गर्नेछन् । अहिले भने संसदमा नीति तथा कार्यक्रमकेन्द्रित छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्