बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपतिसमक्ष व्रिफिङ गरिने



हाम्रो इकोनोमि

 

 

आगामी आर्थिक वर्ष (२०८०/८१) बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । अर्थमन्त्रालयले जेठ ६ गते नै राष्ट्रपतिसमक्ष व्रिफिङको लागि मस्यौदा तयार गर्ने कार्यतालिका बनाएको थियो । सोहीअनुसार मस्यौदा तयार भएको अर्थ मन्त्रालयले जनाएको छ । योसँगै भोलि (बुधबार) अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष मस्यौदा व्रिफिङ गर्नेछन् ।

कार्यतालिका अनुसार बुधबार नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमानसहित) अन्तिम रूप दिइनेछ । सोहीदिन व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अंक रूजुसहित अन्तिम मस्यौदा तयार हुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा राष्ट्रपतिको समयअनुसार अर्थमन्त्रीले नै भेट्ने कार्यक्रम तय गर्ने भएकाले भेट्ने समय यताउता पनि हुन सक्ने बताउँछन् । अर्थमा सहसचिव भुपाल बराल संयोजकत्वको ६ जनाको टीम बजेट लेखनमा परिचालित छ ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । सरकारले आगामी बजेटको सिद्धान्त तथा प्राथमिकतासमेत सार्वजनिक गरिसकेको छ भने सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदमा पेश गरिसकेका छन् । आगामी १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदको दुबै सदनमा बजेट पेश गर्नेछन् । अहिले भने संसदमा नीति तथा कार्यक्रमकेन्द्रित छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...