नीति तथा कार्यक्रम पुनर्लेखन गर्न राजेन्द्र लिङ्देनको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताएका छन् । सोमबार संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र आगामी प्राथमिकता तय गर्न नसकेको भन्दै पुनर्लेखन गरेर ल्याउन सुझाव दिए ।

उनले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेर आत्मरतीमा रमाउँदा त्यसले केही फरक नपर्ने भन्दै देश र जनतामा फरक पार्ने कार्यक्रम आउनुपर्ने धारणा राखे । मुलुकको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा यसको समाधानका उपायसहितको कार्यक्रम आउनुपर्ने धारणा उनको छ । यस्तै लिङ्देनले सरकारको कार्यक्रममा समावेश केही बिषयहरुको पनि कार्यान्वयनको अवस्थामा प्रश्नचिन्ह खडा भएको बताए । रबिन्द्र कुमार मग

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...