राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रष्टाचार विरोधी प्रदर्शन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन दबाबस्वरूप राप्रपाले प्रदर्शन गरेको हो । वसन्तपुरमा आयोजित प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेता र कार्यकर्ता सहभागी छन् ।

राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै कसैको प्रभाव र दबाबमा नपरी दोषीमाथि कारबाही गर्न भनेको छ । २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र अहिलेसम्मका भ्रष्टाचारका काण्डको छानिबन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...