बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्छ : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् । प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए । उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

दोषीलाई कारबाही हुनैपर्ने बताउँदै उनले मुछिएपछि बालकृष्ण खाणलाई निलम्बन गरेर जानुपर्ने बताए । कोइरालाले भने, ‘यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको छ । त्यतातिर पनि ध्यान जान जरुरी छ । यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । देशको नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...