भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन षडयन्त्र भइरहेको छ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेकोप्रति आपत्ति जनाएका छन् । शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरङ्गित भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बाक्लिँदो भेटलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।

राजनीतिक वा प्रशासनिक तहको व्यक्ति संलग्न भए देश र जनताप्रति गद्दारी हुनुका साथै संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुने भएकाले इतिहासले माफी नगर्ने उल्लेख गरेका छन् । सो प्रकरणमा एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत हाइ प्रोफाइलको व्यक्तिहरूको नाम जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...