भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन षडयन्त्र भइरहेको छ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेकोप्रति आपत्ति जनाएका छन् । शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरङ्गित भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बाक्लिँदो भेटलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।

राजनीतिक वा प्रशासनिक तहको व्यक्ति संलग्न भए देश र जनताप्रति गद्दारी हुनुका साथै संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुने भएकाले इतिहासले माफी नगर्ने उल्लेख गरेका छन् । सो प्रकरणमा एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत हाइ प्रोफाइलको व्यक्तिहरूको नाम जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...