बालकृष्ण खाँणको बयान आज पनि



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि हुँदैछ । गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुने भएको हो । शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल फोन फरम्याट गरेका थिए । उनको मोबाइलको डाटा रिकभर हुनका लागि समय लागे पछि हिजो सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा तत्कालिन गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए । यसैगरी, प्रकरणमा पक्राउ परेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि खाँणको निर्देशनमा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि प्रहरीले खाँणलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...