भारतले प्रधानमन्त्रीको भ्रमण रोकेर पूर्वराजालाई स्वागत गर्‍यो : रघु पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको मिति सारेर आफ्नो एजेण्डामा सहमति गर्न कूटनीतिक दबाब बढाएको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले भने, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सरै छ । अब कहिले हुन्छ थाहा छैन । तर, नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दाखेरी पूर्वराजालाई उत्तरप्रदेशमा स्वागत गरियो । स्वागतको क्रममा त्यहाँ मन्त्रीदेखि नेताहरुले दिएको अभिव्यक्ति आपत्तिजनक छ ।’

भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गरेको उनको आरोप छ । उनले भने, ‘भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोम्यासी दबाबको कुटनीति। के एजेण्डामा मेरो पुरा गर्छौँ त्यो आउने एजेण्डामा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भन्नेका लागि पूर्वराजालाई बोलाइयो । यो प्रेसरको डिल्लोमेसीमा प्रधानमन्त्री र नेपाल सरकार पर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...