बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्दै नेबिसंघको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै सडकमा बिरोध प्रदर्शन गरेको छ । बिद्यार्थीहरुले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । यही प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर दुवै जना फरार छन् ।टोपबहादुरका छोरा सन्दीपसहित गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भने हिरासतमै रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...