बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्दै नेबिसंघको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै सडकमा बिरोध प्रदर्शन गरेको छ । बिद्यार्थीहरुले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । यही प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर दुवै जना फरार छन् ।टोपबहादुरका छोरा सन्दीपसहित गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भने हिरासतमै रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...