संघीयताको विपक्षमा एमालेभित्र औपचारिक वहस



हाम्रो इकोनोमि

 

 

देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् । समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए । उनीहरु दुवै बागमती समूहमा थिए । समूहका सदस्यहरुले राखेको मतलाई समूह नेताले केन्द्रीय समिति वैठकमा पेश गर्ने प्रावधान छ ।

यसअघि सामाजिक सञ्जालमा पनि बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनले तर्क गरे । अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

 

 

एमालेमा पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको छ । अनौपचारिक कुराकानीमा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्ने गरेका छन् । तर, पार्टीका वैठक वा सार्वजनकिरुपमा भने कमै नेताहरुले मात्रै संघीयताको विरोध गरेका छन् । पार्टी नेतृत्वले भने अहिलेसम्म आफूलाई संघीयताको पक्षमा नै प्रस्तुत गरिरहेको छ । आज केन्द्रीय समिति वैठकमा संघीयता विरोधमा आवाज उठाउनै दुवै केन्द्रीय सदस्यहरु अध्यक्ष केपी ओली निटकका हुन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...