शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न देऊ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले प्रहरी राजनीतिक दबाब र पक्षधरताबाट मुक्त हुनुपर्ने पनि उल्लेख गरेका छन् । राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबाबका कारण उनले निर्मला पन्त प्रकरणको अनुसन्धान बरालिएकोतर्फ स्मरण गराउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराधमात्र नभई मानव तस्करी र बेचबिखानमा सरकारको राजनीति र प्रशासनिक नेतृत्वकै अगुवाइमा भएको राष्ट्रद्रोह भएको लेखेका छन् ।

‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’, नेता भट्टराईले लेखेका छन्, ‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको जालो नस्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...