शरणार्थी प्रकरणबारे तथ्य-प्रमाण खोज्दैछु : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसदमा तथ्य-प्रमाणसहित बोल्ने बताएका छन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भुटानी शरणार्थी समस्याका विषयमा आफ्नो लामो अनुभवसमेत सुनाएका थिए । ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुन:स्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।

‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन, थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपाँई प्रयास गर्नुस् भन्नुभयो,’ उनले भने । त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । तत्कालीन अमेरकी राष्ट्रपति जर्ज डब्लु बुशले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीले बताए ।

उनले थपे, ‘रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो । मैले भनेँ- हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्‍यो भनेर उभिएरै प्रस्ताव राखेँ । उहाँले कोन्डालिजा राईससँग कुरा हुँदैछ क्यारे, उहाँसँगै डिटेलमा कुरा गर्नुस भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डिसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला ।’

ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए । ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...