एमालेको सचिव पदबाट टोपबहादुर रायमाझी निलम्बित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत्‌रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो ।’ तर, पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरिएको एमालेले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि राममाझी फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...