विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब, बैंकमा निक्षेप ७ प्रतिशत बढ्यो



हाम्रो इकोनोमि

 

 

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो ।राष्ट्र बैंकद्वारा आज सार्वजनिक तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । चालू आर्थिक वर्षको नौ महिनामा बैंकहरूमा निक्षेप ७ प्रतिशतले बढेको र कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ ।

९ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ । ९ महिनामा आयात १८.१ प्रतिशत तथा निर्यात २६.३ प्रतिशतले घटेको छ । भने, व्यापार घाटा १७।१ प्रतिशतले घटेको हो ।

चालू आवको ९ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी भई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो । संघीय सरकारको खर्च चालू आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको जसमा राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...