प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

तीन दलका शीर्ष नेताबीच करिब दुई घण्टा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो । आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली थिए ।  संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...