प्रचण्डजी क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस् : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने जनाएका छन् । राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताए ।

उनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याए ।‘प्रधानमन्त्रीको कदममा कुनै राजनीतिक गन्ध छैन भने राप्रपाले समर्थन गर्छ । उहाँले यो मात्रै होइन वाइडबडी काण्ड, एनसेलको फाइल खोल्नुपर्रछ । ललिता निवासको फाइल खोल्नुपर्‍यो प्रचण्ड कतिवर्ष सरकारमा बस्ने हो राप्रपाले समर्थन गर्छ ।’ लिङदेनले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) को विषय पनि उठाएका छन् । ‘क्यान्टोनमेन्ट घोटाला काण्ड उहाँकै शिरमा लागेको छ त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्‍यो तर, भ्रष्टचारको डंगुरमा शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...