प्रचण्डजी क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस् : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने जनाएका छन् । राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताए ।

उनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याए ।‘प्रधानमन्त्रीको कदममा कुनै राजनीतिक गन्ध छैन भने राप्रपाले समर्थन गर्छ । उहाँले यो मात्रै होइन वाइडबडी काण्ड, एनसेलको फाइल खोल्नुपर्रछ । ललिता निवासको फाइल खोल्नुपर्‍यो प्रचण्ड कतिवर्ष सरकारमा बस्ने हो राप्रपाले समर्थन गर्छ ।’ लिङदेनले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) को विषय पनि उठाएका छन् । ‘क्यान्टोनमेन्ट घोटाला काण्ड उहाँकै शिरमा लागेको छ त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्‍यो तर, भ्रष्टचारको डंगुरमा शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...