कोशी साझा पहिचान हो : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नामकरण कोशीमै सहमति भइसकेको बताएका छन् । उनले ‘कोशी’ साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । प्रदेशसभामा मतदान हुँदा नेकपा एसका सांसदहरू कोशीको विपक्षमा उभिएका थिए । कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन । यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेपालले भने ।

उनले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने बताए । उसले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...