देउवा पत्नि आरजु र पूर्वगृहमन्त्री खाँडले घुस लिएको अडिओ सार्वजनिक



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको अडिओ सार्वजनिक भएको छ । सार्वजनिक भएको अडिओमा आरजुलाई साढे दुई करोड र तत्कालिन गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप स्पष्ट सुन्न सकिन्छ । अडिओ पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गरेका हुन् ।

 

 

सन्देश शर्मा भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मञ्जु खाँडलाई ६ करोड दिएको फोन वार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो विशेष सुत्र बाट पत्ता लागेको छ । यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् ।’ पूर्वमन्त्री बस्नेतले भनेका छन् ।

उनले प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् भन्दै अडिओ सार्वजनिक गरिएको बताएका छन् ।बस्नेतले प्रकरणमा संलग्न देखिएका आरजु र पूर्वमन्त्री खाँड दम्पत्ती विरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आग्रह गरेका छन् । उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसके प्रधानमन्त्री र गृहमन्त्रीलाई पदबाट राजीनामा दिन समेत भनेका जनताटाइम्सले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...