सुमेरु सहकारीले माफी माग्यो, सम्पत्ति बेचेर भए पनि रकम फर्काउने



हाम्रो इकोनोमि

 

 

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सहकारीले नियम अनुसार साँवा ब्याज भुक्तान गर्न नसकेको भन्दै माफी मागेको छ । सुमेरुले एक विज्ञप्ति जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिबद्धता व्यक्त गरेको हो । सहकारीले सञ्चालकहरू नभागेको पनि दाबी गरेको छ ।

‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला सञ्चालक विदेश पलायन हुने भाग्ने जस्तो गै जिम्मेवार कार्य संस्थाको सञ्चालकबाट कदापि हुने छैन यसप्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपिल गर्दछौँ’, सहकारीका व्यवस्थापक धनेन्द्र कटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरण अनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...