नक्कली शरणार्थी बन्न लाखौं बुझाउनेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । सो प्रकरणमा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डेलगायत अनुसन्धानको घेरामा परेपछि उनले यस्तो बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ । साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानूनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ ।’

नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडितलाई पनि कारवाही गर्नुपर्ने उनको भनाई छ । नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् । तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेरमात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...