गठबन्धन धरापमा पर्नसक्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो । देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए । अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।

‘म नै नेतृत्वमा हुँदा गेम चेन्जर आयाेजना ल्याएको थिएँ ‌। विश्वविद्यालयहरूको सुरूवात त्यही बेलादेखि भएको हो ‌। अप्ठ्यारो बेलामा र पार्टीभित्रबाट चुनौती आउँदा पनि निकै काम गरेको हो, तर यी कुराहरूको चर्चा हुँदैन । विरोधका नाममा विरोधमात्र गरिएको छ ।’ ७४ मा दुईतिहाइ बहुमत आउँदा पनि त्यसको कदर नभएको भन्दै उनले भने, ‘त्यसमा एउटा चरम दुरुपयोग गरेर चल्नुपर्ने पक्षमा र अर्को त्यसको विरोधमा उभिएको थियो । तर, ओलीले पचाएनन र संसद विघटन गरेर नेपालको राजनीति दुर्घटनामा गयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...