प्लेयर अफ द टुर्नामेन्ट बने सन्दीप लामिछाने



हाम्रो इकोनोमि

 

 

नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए । प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५०माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए । यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...