केपी ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कारबाही गर्न एमाले काठमाडौंको माग



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । झापाको बुधबारेमा १३ वैशाखमा कोसी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले ओलीमाथि ढुंगामुडा गर्ने प्रयास गरेका थिए । प्रदेशसभाबाट बहुमतले ‘कोसी प्रदेश’ नाम पारित भएको सन्दर्भमा एमाले अध्यक्ष ओलीलाई सार्वजनिक माफि माग्नु लगाउन र आक्रमण प्रयास गर्नु साम्प्रदायिक विद्देष फैलाउने काम भएको अध्यक्ष दिपक निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनामा १ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । जिल्ला कमिटीले उक्त घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । अध्यक्ष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुन बमोजिम प्रक्रियागत ढंगले टुगो लागिसकेको कोशी प्रदेशको नामाकरणको विषयमा सत्तारुढ दलके नेता कार्यकर्तालाई उचालेर यस प्रकारको अवान्छित क्रियाकलाप हुनु आपतिजनक छ। संविधान अनुरुप प्रदेशसभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गलत भएको अभिव्यक्ति दिनुले संविधान कार्यान्वनमा गम्भीर प्रश्न उठेको छ ।’ ‘
प्रदेशसभाको निर्णयलाई अवमुल्यन गरेको र अराजक तथा उद्दण्डतालाई प्रश्रय दिँदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्यको जतिसुकै निन्दा र भर्त्सना गरे पनि कम हुन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ । संविधानले गरेको व्यवस्था अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको २ तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने गरी व्यवस्था गरिएको तर्फ सम्बन्धित सबैको जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...