अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता लिन एमालेको चेतावनी



हाम्रो इकोनोमि

 

 

अयोग्य लडाकुलाई सरकारले दुई/ दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन् ।

एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको काम थाति रहँदा सरकारलाई त्यसतर्फ चासो नभएको बताए। उनले भने, ‘देशबाट पैसा निकालेर कार्यकर्ताहरुलाई लडाकुको नाममा पैसा बाँडिन्छ।’ गरिब मर्ने अवस्था आएको बेलामा राज्यकोषको दोहन गरेर दिनदहाडै देश लुटिएको आरोप लगाए। उनले यो निर्णय स्वीकार्य नहुने भएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘हाम्रो मागलाई सुन्ने काम नसुनेस नजरअन्दार गरेर सरकार अगाडि बढ्यो भने जस्तोसुकै कदम उठाउँन तयार हुन्छौं ।’ विकास निर्माण र कर्मचारीको तलबभत्ता समेत रोकिएको अवस्थामा सरकारले कार्यकर्ता पोष्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...