सरकारमा गइहाल्ने अवस्था छैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका छन् । चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय प्रकट गरे । लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाएका थिए । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति-कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, लामिछानेले भने । उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको स्पष्ट पारे । उनले थपे, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन ।’

त्यसो भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले जवाफ दिए, ‘यो विकल्प ठीक छ ।’ उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताए । आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए । ‘दुवै लोगो लगाएर जाउँ कि जस्तो भएको छ, तर अहिले हास्यास्पद देखिएला कि ?’ लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...