प्रहरी र हामीमाथिको आक्रमणमा प्रचण्ड-माधवको पार्टी संलग्न देखियो : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् । एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् । अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओलीले भने, ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।’ अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरुमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको बताए ।

ओलीले भने, ‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुंँ खोज्न जाँदैनौं, झगडा गर्न जाँदैनौं । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरु घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरूमाथिको आक्रमणमा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न छन् । अध्यक्ष ओलीले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिए । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...