सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कुनै कारण नदेखिएको बताएका छन् । मंगलबार चितवन-२ को मतगणना स्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सरकालाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने संकेत गरेका हुन् ।

चितवन-२ उपनिर्वाचनको जित नजिक पुगेका लामिछानेले सरकारलाई दिएको समर्थनको समिक्षा गरेर समर्थन फिर्ता लिने उल्लेख गरे । ‘त्यसको समिक्षा हुन्छ । अहिले मैले देखिरहेको छैन्, त्यसलाई कायम राख्नुपर्ने, त्यसको कारण देखिरहेको छैन् । र यसपछि हामी वार्ता गर्छौ ।’

उनले सरकारले भ्रष्टाचारको फाइल नखोल्ने निर्णय गरेको आरोप लगाउँदै सरकारलाई समर्थन दिनुको कुनै औचित्य नरहेको तर पनि वार्ता भने गर्ने बताए । सभापति लामिछानेले अहिलेको अवस्थामा सरकारलाई समर्थन गरेर सरकारमा जाने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...