बैंकहरुले लिनै छाडे राष्ट्र बैंकसँग अल्पकालीन सापटी



हाम्रो इकोनोमि

 

 

बैंक तथा वित्तीय संस्थाले २०८० साल लागेसँगै नेपाल राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) लिन छाडेका छन् । चरम तरलता अभावमा रहेको बेला बैंकले अल्पकालिन सापटी भनेर चिनिने स्थायी तरलता सुविधा ज्यादा प्रयोग गर्ने गर्छन् ।राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले अन्तिम पटक चैत ३० गते सापटी लिएका थिए । उक्त दिन ६ करोडमात्र एसएलएफ लिएका छन् । चैतभित्र ११ पटकमा ७ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार साउनदेखि चैतसम्म २७ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम बढेसँगै बैंकहरुले अल्पकालीन सापटीमा चासो दिएका छैनन् । अहिले बैंकहरुमा २ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको बैंकर्सहरु बताउँछन् । तर, लगानीयोग्य रकम भए पनि ऋण नउठ्ने समस्या बढेपछि बैंकहरु थप लगानी गर्न डराइरहेको देखिन्छ । चैतसम्म बैंकहरुको कर्जाको ब्याज तथा किस्ता असुलीमा समस्या हुँदा खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरुलाई कर्जा असुली अहिले टाउको दुखाइको विषय बनेको छ ।

राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाका रूपमा सात दिनका लागि अल्पकालीन सापटी दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको अनुरोधमा तरलता व्यवस्थापन गर्न सरकारी ऋणपत्रको धितोमा राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...