गोविन्दराज जोशीको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत



हाम्रो इकोनोमि

 

 

आइतबार भएको उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ । गएराति पौने १२ बाट सुरू भएको गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेको ९४८३, कांग्रेसका गोविन्द भट्टराईको ४४७२ र एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।

यसैबीच कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वार्ड भानु-११ मा रोचक नतिजा देखिएको छ । उक्त वडामा २०१४ मतमध्ये रास्वपाका वाग्लेले झण्डै ६० प्रतिशत मत पाएका छन् । यहाँ स्वर्णिमले १२०२ मत ल्याउँदा गोविन्दले ५९३ र सर्वेन्द्रले १८३ मत पाए । उपचुनावलाई मध्यनजर गर्दै कांग्रेसले कारबाहीको फुकुवाको निर्णय गरेपनि जोशी समूहले त्यसलाई अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...