सन्दीपमाथिको मुद्दाको फैसला पेशी आज



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ । यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । अदालतमा पेशी रहेपनि सन्दीप नेपाली टोलीमा उपलब्ध हुनेछन् । बहसमा कानून व्यवसायी सहभागी हुने हो । सन्दीप गइरहन पर्दैन’, उनीनिकट स्रोतले भन्यो । पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेयता सन्दीपले नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम र विश्वकप छनोटमा स्थान बनाउँदा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...