तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिमले जित्ने पक्का



 

 

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै कायमै राखेका छन् । गएराति पौने १२ बजेदेखि मतगणना सुरू भएकामा सोमबार बिहान ८ बजेसम्म १३०६५ भोट गनिसकिएको छ । हालसम्म ८ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले ७२९३ ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल २१३४ मतका साथ तेस्रो स्थानमा छन् ।

आँबुखैरेनी गाउँपालिका १, २ र ३, भानु नगरपालिका ३, ४, ७, ८ र १० को गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । आँबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकोमा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् । आँबुखैरेनी-२ मा एक हजार तीन सय ९२ मत खसेकामा वाग्लेले आठ सय ८१, भट्टराईले तीन सय ३६ र खनालले एक सय आठ मत ल्याएका छन् । भानु-३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत ल्याएका छन् ।

भानु-७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा. वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत ल्याएका छन् । भानु-८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत ल्याएका छन् । भानु-१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत साथै भानु-४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा. वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत ल्याएका छन् ।

आँबुखैरेनी-३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र